काठमाडौ । नेकपा एमालेले भोलिबाट सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि अतिथिको निम्तो पठाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७५ औ स्थापना दिवसका अवसरमा नेकपा एमालेद्वारा बैशाख १० गतेसम्म ललितपुर, गोदावरी स्थित सनराइज हलमा हुने समरोहमा अतिथिकाका रुपमा उपस्थितिका लागि कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री देउवालाई निमन्त्रणा गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा भोलिबाट शुरु हुँदैछ ।
नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा एमालेले आयोजना गर्न लागेको विशेष समारोहमा विभिन्न दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याइएको छ ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिहरू भेलामा सहभागी हुँदैछन् ।