काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै, संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुनेबारे छलफल हुनेछ ।
यस्तै समितिमा रहेका विचाराधीन विधेयकहरुको बारेमा छलफल हुने एमालेले जनाएको छ ।