कैलाली । सरकार निर्माणको दाबी पेश गर्ने आज अन्तिम दिन अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा दलहरूबीच ठोस सहमति हुन सकेको छैन ।
प्रदेश प्रमुख नजिर मियाँले २३ गते संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढि दलहरू मिलेर सरकार निर्माणको लागि दाबी पेस गर्न समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।
एमाले माओवादीसहितको सत्ता गठबन्धनमा अहिले सम्म नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भद्र सहमति भएको बताइएको छ । तर, नेकपा एकीकृत समाजवादीले पनि आफ्नो दाबी कायमै राखेको छ ।
नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र विवाद देखिएपछि मुख्यमन्त्रीको सहमति हुन ढिलाइ भएको नेताहरूले दाबी गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा अहिले प्रदेश सभा सदस्यको संख्या ५१ रहेको छ ।
नयाँ सत्ता गठबन्धनका सभामुख बाहेक माओवादी केन्द्रका १०, एमालेका १० नाउपाका ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।