बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

४ छक्का हानेपछि बाँकी दुई बल छक्का हान्ने विश्वासमा थिए ऐरी

आइतबार, बैशाख २ २०८१

काठमाडौं । एकै ओभरमा ६ छक्का प्रहार गरेका दिपेन्द्र सिंह ऐरी कतारविरुद्धको खेलको प्लेयर अफ द म्याच बनेका छन् ।

२१ बलमा अविजित ६४ रन बनाएका दिपेन्द्रले यस खेलमा २ विकेट समेत लिए । दिपेन्द्रले चौथो छक्का प्रहार गरेपछि ६ छक्का हान्न सक्ने अनुमान गरेको बताएका छन् ।

खेलपछि उनले यस्तो बताएका हुन् । नेपाल १९ औं ओभरमा १७४र७ को अवस्थामा थियो । दीपेन्द्रले अन्तिम ओभरमा ३६ रन हानेपछि नेपालको स्कोर २१० पुगेको थियो ।

दिपेन्द्रले टिम र प्रशिक्षकले आफुलाई सपोर्ट गरिरहेकै कारणले आफुले राम्रो खेलिरहेको बताए ।

टाइगर उपनाम बनाएका दिपेन्द्रले कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए। दिपेन्द्रले यस खेलमा २१ बलमा अविजित ६४ रन बनाएका थिए।

टी२० अन्तर्राष्ट्री क्रिकेटमा यस अघि भारतका युवराज सिंहले इङल्याण्डविरुद्ध २००७ मा र वेस्टइण्डिजका केरन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरे ।