पोखरा । पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर घुससहित पक्राउ परेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले महानगरका सब इन्जिनियर उषाकिरण रोकायालाई घुससहित पक्राउ गरेको हो ।
उनलाई बुधबार साँझ १ लाख ८३ हजार रुपैँया घुससहित पक्राउ गरिएको आयोगको पोखरा कार्यालय प्रमुख सहसचिव अस्मान तामाङले जानकारी दिए । उनीसँगै गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
उनीहरुले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए । आख्तियारको टोलीले कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब—इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट नियन्त्रणमा लिएको हो ।
यसबारे थप अनुसन्धान भइरहेको छ ।