बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मेक्सवर्थ फाउन्डेशनद्वारा सर्लाहीका विद्यार्थीलाई छात्रवृत्ति प्रदान, युक्रेनमा पनि सहयोग

बुधबार, चैत्र २८ २०८०

बेलायतमा रहेको कल्याणकारी संस्था, द मेक्सवर्थ फाउन्डेशन, ले सर्लाही हरिवन घुर्कौलीस्थित पंचा इसाका स्कुल चेतना संदेश नेपालका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । सोमबार आयोजित एक समारोह आयोजना गरी २५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

लंडनस्थित मेक्सवर्थ एकाउनटेन्टसका प्रबन्ध निर्देशक तथा मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाहले आफ्नो जन्मभूमिका बालबालिकाको पठनपाठनमा सहयोग पुराउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको बताए । “अहिलेको युगमा गुणस्तरीय शिक्षा विना व्यक्तित्व विकास सम्भव छैन। त्यसैले सानो भए पनि सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । “
मेक्सवर्थ फाउन्डेशनले नेपालमा अपाङ्ग सरोकार केन्द्र मार्फत व्हीलचेयर वितरण गरेको थियो भने मानव सेवा आश्रम तथा पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा रहनु भएका बाबाआमाहरुलाई भोजन प्रदान गरेको थियो । त्यस्तै सी आशा विशेष विद्यालय तथा पुर्नस्थापना केन्द्रमा रहेका बालबालिकाहरुलाई पनि सहयोग गरेको थियो ।

युक्रेनमा सहयोग
हाल रुसी अतिक्रमण झेली रहेको युरोपेली मुलुक युक्रेनको पश्चिमी प्रान्त चर्निफ्त्सीमा पनि मेक्सवर्थ फाउन्डेशनले स्थानीय स्वयंसेवकहरुको सहयोगमा वृद्धवृद्धा, बालबालिका तथा स्थानीय व्यक्तिहरुलाई खाने कुरा लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरेको छ । “मानवताको कुनै सीमा हुँदैन । युद्धग्रस्त युक्रेनमा द्वन्द्वप्रभावित समुदायलाई हामीले नियमितरुपमा सहयोग प्रदान गर्ने योजना बनाएका छौं,“ शाहले भने ।

“अन्तरराष्ट्रिय कल्याणकारी संस्था बी१जी१ संगको सहकार्यमा हामीले प्रदान गरेको सहायताले विश्वव्यापी रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भएका छन् । हामीले प्रत्येक वर्ष नेपालका एक मेधावी छात्र वा छात्रालाई एसीसीए अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौं । त्यस्तै बेलायतस्थित संस्था नेपाल रनलाई पनि हामीले सघाउँदै आएका छौं,” शाहले भने ।
वातावरणको क्षेत्रमा काम गर्ने संस्था इकोलोजाइसंग समन्वय गरी मेक्सवर्थ फाउन्डेशनले विभिन्न एसियाली तथा अफ्रिकी मुलुकहरुमा १६ हजार दुई सय ४१ वटा बिरुवा रोपिएको र त्यसबाट अहिलेसम्म १३७.९५ टन कार्बन कटौती भएको जनाएको छ । फाउन्डेशनले अरु हजारौं बिरुवाहरु रोप्ने दीर्घकालिन योजना पनि बनाएको छ ।

मेक्स वर्थ फाउण्डेशनको लिंक

Home 3