शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सभापति देउवाले प्रधानमन्त्री भेट्न गगन र सिटौलालाई बालुवाटार पठाए

मंगलबार, चैत्र २७ २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्य एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापतिसमेत रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएका थिए ।

सभापति देउवाले भने छलफलका लागि आफू नगएर गगन र सिटौलालाई बालुवाटार पठाएका हुन् । प्रधानमन्त्रीले कांग्रेस सभापति देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । तर, देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएका हुन् ।

प्रतिनिधि सभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन् ।

कांग्रेसको पदाधिकारी बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउने अडानबाट पछि नहट्ने निर्णय गरेको छ ।

देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफूहरूले उठाएको मागबाट पछि नहट्ने निर्णय गरेको हो ।

कांग्रेसले आजको बैठक अवरोध गर्ने थाहा पाएका प्रधानमन्त्री प्रचण्डले बैठकअघि कांग्रेससँग छलफल थालेका हुन् ।