काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । बैठक ल्होत्से हलमा बसिरहेको छ ।
बैठकमा आजको संसदमा प्रस्तुतिका विषयमा छलफल गरिने छ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा हिनामिना गरेको आरोपमा संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।
यता सत्ता पक्षले भने संसदीय समिति नबन्ने जिकिर गर्दै आएको छ । कांग्रेसले सरकारलाई आजसम्मको अल्टिमेटम दिएर संसदीय समिति बनाउन माग गरेको थियो ।
कांग्रेसले अल्टिमेटम आज सकिँदैछ । कांग्रेस आफ्नो अडानबाट पछि नहटेको कांग्रेस नेताहरुले बताइसकेका छन् ।