बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

रास्वपा लक्षित गगनको टिप्पणी : भ्रष्टाचारमा नयाँ वा पुरानो भनेर छुट हुँदैन

शनिबार, चैत्र २४ २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दल जोसुकै गरेको भए पनि कानूनको शासनभन्दा माथि कोही पनि नहुने बताएका छन् ।

ललितपुरमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा नयाँ वा पुरानो भनेर छुट नहुने बताए ।

उनले सर्वसाधारणले गरेको ठगी ठगी भएको जस्तै शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने भएकाले शक्तिशालीलाई छुट दिन नहुने बताए। उनले सर्वसाधारणले गरेको कुनै कीर्ते कीर्ते नै हुने भएकाले शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुने बताए ।

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै काँग्रेसले देशको उद्योग धन्दा बेचेर खाएको आरोप लगाएको भन्दै कम्युनिष्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौति समेत दिए ।

उनले अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिष्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन आग्रह गरे । उनले सरकारले उद्योग धन्दा गर्ने नभइ निजी क्षेत्रले गर्नेमा कम्युनिष्टहरु जानकार रहेकाले पनि खोल्न नसक्ने बताए ।