बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

कोशीका मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिन एमालेका ३९ सांसदको हस्ताक्षर

शुक्रबार, चैत्र २३ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिन एमाले सांसदहरूले हस्ताक्षर गरेका छन् ।

कांग्रेसका कार्कीलाई समर्थन गरेर मुख्यमन्त्री बनाएका एमाले ३९ जना नै प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता दिन हस्ताक्षर गरेका हुन् ।

एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई सत्ताच्यूत गराएर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पूर्व मुख्यमन्त्रीसमेत रहेका एमोल कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की सकृय रहेका छन् ।

केन्द्रको सत्ता गठबन्धनमा उलटफेर आएपछि कोशी सरकार एमालेको भागमा परेको छ । एमालेले सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग सल्लाह गरेर एक दुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

यता संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीे आफूलै संविधानको अन्तिम विकल्पको मुख्यमन्त्री बताउँदै आईरहेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार भएको कारण कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस निर्णय भने दलहरूबीच भई नसक्दा केन्द्रीय सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूले भने हस्ताक्षर गरिसकेका छैनन् ।

एक दुई दिनभित्रमै हस्ताक्षर गरी मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने तयारी माओवादी केन्द्रको छ ।