बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

एमाले स्याङ्जा अधिवेशनको उद्घाटनका लागि अध्यक्ष ओली जाँदै

शुक्रबार, चैत्र २३ २०८०

पोखरा । नेकपा एमाले स्याङ्जाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।

नवौँ अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

गण्डकीका हालसम्म म्याग्दी, गोरखा, कास्की र लमजुङको अधिवेशन सकिएको छ ।

स्याङ्जाको अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनमा जिल्लाका ११ पालिकासहित ९७ वडाका ६ सय ९ जना प्रतिनिधि चयन भएका छन् ।