बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टस जितेर आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल ‘ए’

शुक्रबार, चैत्र २३ २०८०

काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए ।

यसअघि पहिलो खेलमा खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले हराएको थियो। शृङ्खलाको अन्तिम खेल आइतबार हुनेछ। नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड ‘ए’ले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो। आयरल्याण्ड दुवै खेलमा पराजित भएको थियो ।

नेपालले आज एक परिवर्तन गरेको छ । ओपनर अर्जुन कुमाललाई बेन्चमा राखेर अर्का युवा ब्याटर नरेन भट्टलाई खेलाएको छ ।

नेपाल ‘ए’को टोलीमा विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल रहेका छन् ।

त्यस्तै, आयरल्यान्ड ‘ए’ को टोलीमा निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट रहेका छन् ।