बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

कांग्रेसबाट इलाम २ मा डम्बर खड्का र बझाङमा अभिषेक सिंह उम्मेदवार बन्ने

बिहिबार, चैत्र २२ २०८०

काठमाडौं । नेपाली कांग्रेसले इलाम–२  डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए । आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो ।

खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । उनी एमालेका नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ ।