बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

बागमती प्रदेश सरकारमा एक मन्त्री थप, एकीकृत समाजवादीबाट रमा आलेमगरले लिइन् शपथ

मंगलबार, चैत्र २० २०८०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो मन्त्रिपरिषदमा एक मन्त्री थप गरेका छन् ।

तेस्रो पटक विश्वासको मत लिएका उनले एकीकृत समाजवादीबाट एक जना मन्त्री थपेका हुन् । साेमबार जम्कट्टेलले विश्वासकाे मत लिएका थिए ।

उनले मंगलबार विना विभागीय मन्त्रीमा रमा आलेमगरले नियुक्त गरेका छन् । नव नियुत्त मन्त्री आलेमगरले आजै पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

मंगलबार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माले नव नियुत्त मन्त्रीलाघ शपथ पनि गराएका छन् ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ, मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न मन्त्रालयका सचिव सहभागी थिए ।

नवनियुक्त मन्त्री आलेमगर काठमाडौँ क्षेत्र नं १० (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

बागमतीमा नेकपा (एकीकृत समाजवादी) बाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ छन् ।

बागमतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । ती मन्त्रालयहरुमा एकीकृत समाजवादी र एमालेबीच भागबण्डाको टुंगो मंगलबार लगाइने तयारी भइरहेको एक सांसदले बताए ।