काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८० साल चैत १५ गते बिहीबार सन् २०२४ मार्च २८ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ ।
यस्तै युके पाउण्ड एकको खरिददर १६८ रुपैयाँ १९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा रहेको छ ।
आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ।
हेर्नुहोस् विस्तृतमा