काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।
सोमबार राति भएको खेलमा बैंग्लोरले पञ्जाबविरुद्ध ४ विकेटको जित निकालेको हो।
टस जितेर पहिला फिल्ड रोजेको बैंग्लोरले विराट कोहलीको ७७ रनको शानदार अर्धशतकको साथमा ४ विकेटको जित निकालेको हो। पहिलो खेल गुमाएको आरसीबीले यो जितसँगै दुई अंक जोडेको छ।
सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि शिखर धवनले ४५, प्रभसिमरन सिंह २५, जितेश शर्मा २६, शशांक सिंहले नटआउट २१ रन जोडेका थिए। ६ विकेटको क्षतिमा १७६ रन बनाएको पञ्जाबलाई आरसीबीले १९ ओभर २ बलमा ६ विकेट गुमाएर १७८ रन बनाउँदै पराजित गरेको हो।
आरसीबीको जितका लागि कोहलीले ४९ बलमा ११ चौका र २ छक्काको मद्दतमा ७७ रन बनाए भने दिनेश कात्तिकले नटआउट २८ रन जोडे।
आईपिएल अन्तर्गत आज चेन्नइ सुपर किंग्स र गुजराज टाइटनको खेल हुँदैछ। यो खेल मंगलबार साँझ ८ बजे सुरु हुनेछ।