बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा

सोमबार, चैत्र ५ २०८०

दाङ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आज रूपन्देहीबाट नियन्त्रणमा लिइएको हो ।

उनी भैरहवा हुँदै गृहनगर दाङ जाँदै थिए । यसै बेला महरालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँदै छ ।

काठमाडौं फर्काउने केन्द्रको आदेशपछि महरालाई फर्काइएको रुपन्देही प्रहरीले जनाएको छ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

पूर्व सभामुख समेत रहेका महरालाई १३८ किलो सुन तस्करीको जाँचबुझ गर्न बनेको आयोगले दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।