‘१२औँ सहबीर राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता, २०८०’ चैत्र ४ गतेदेखि संचालन भएको छ ।
नेपाल एपीएफ क्लबको आयोजनामा संचालन भएको प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले लन टेनिसका मुख्य रेफ्री सुर्यभुषण बज्रचार्यलाई टेनिस बल हस्तान्तरण गरी शुभारम्भ गर्नुभएको थियो ।
हल्चोकस्थित कोर्टमा भएको प्रतियोगिताको उद्घाटन खेलमा पुरुष एकलतर्फको प्रसिद्ध मोक्तानले सन्तोष भन्डारीलाई ६–२ र ६–३, योगेन शेर्पाले सविन श्रेष्ठलाई ६–१ र ६–०, निजेज महर्जनले बेदकुमार तामाङलाई ६–१ र ६–० ले पराजित गरेका छन् भने नेहालजंग थापाले सुजन लामाबाट वाक ओभर पाएका छन् ।
यसैगरी प्रतियोगिताको मिक्स डवल इभेन्टतर्फको खेलमा सन्तोस खत्री र देवना कार्कीको जोडीले सुमन लामा र कल्पना गुरुङको जोडीलाई ६–४ र ७–५ ले र सुभाङ्गीलक्ष्मी शाह र सक्षमबिक्रम शाहको जोडीले भगवती बिक र निजेज महर्जनको जोडीलाई ६–० र ६–१ पराजित गरेका छन् ।
यसैगरी प्रतियोगिताको ५५ बर्षमाथि भेन्ट्रान्स पुरुष एकलतर्फको खेलमा राजोजमान श्रेष्ठले कर्ण घलेलाई ६–४ र ६–२ ले, सुनिल गुरुङले सुसिल पाण्डेलाई ४–६ र ६–३ र १०–६ ले, शिव सेढाइले अमृत रत्न कंसकारलाई ६–१ र ६–२ ले सुर्दशन बिष्टले प्रेम शाहीलाई ६–० र ६–१ ले, जिवन घिमिरेले मनोजबिक्रम शाहलाई ७–६, २–६ र १०–७ ले पराजित गरेका छन् भने नरेन्द्र सिंहले चुइ जुङ हुबाट र राजु श्रेष्ठले सुनिल घिमिरेबाट वाक ओभर पाएका छन् ।
प्रतियोगितामा ६५ वर्ष माथि भेन्ट्रान्स पुरुष एकलतर्फको खेलमा मनोज राणाले कर्ण घलेलाई ४–० र ४–१ को सेटमा पराजित गरेका छन् भने कमल थपाले ध्रुबबहादुर गुरुङबाट वाक ओभर पाएका छन् ।
प्रतियोगिता हलचोकस्थित नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको टेनिस कोर्टमा संचालन भईरहेको छ । कुल पुरस्कार राशी ५ लाख २७ हजार रहेको प्रतियोगितामा ११ वटा इभेन्ट्सहरु समावेश गरिएको छ ।
(शैलेन्द्र थापा)
सशस्त्र प्रहरी नायव उपरीक्षक
सहायक प्रवक्ता
९८५१२६४७११