भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुुनः १८ अर्ब ३० करोड रुपैयाँको टे«जरी बिल बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार जारी मिति चैत्र छ गते मंगलबार तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने कुुल टे«जरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको नौं अर्ब रुपैंयाँको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि टे«जरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८१ बैशाख चार गते, २०८१ असोज एक गते र २०८१ चैत चार गते तोकिएको छ । यि सबै टे«जरी बिल पुरानो नविकरण अन्र्तगत रहेको राष्ट्र बैंकको भनाई छ । गत साता पनि राष्ट्र बैकले २१ अर्ब ५० करोड रुपैंयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।