आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

हिमालयन बैंकद्धारा गोंगबु शाखा स्थानान्तरण

बुधबार, फाल्गुन ३० २०८०

 

हिमालयन बैंक लिमिटेडले गोंगबु शाखालाई स्थानान्तरण गरेको छ । बैंकले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट विभिन्न बंैकिङ्क सेवा विस्तार गरेको हो ।

बैंकका अनुसार यही फागुन २७ गते बैंकको उक्त शाखाको उद्घाटन बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरुको उपिस्थतिमा गरेका हुन । यसै गरी बंैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी फागुन २७ गते देखि सेवा सुचारु गरेकोे छ ।

बैंकले हाल नेपालभरि फैलिएका एक सय ७४ वटा शाखा, २० विस्तारित काउन्टर, दुई सय ६४ वटा एटिएम छ हजार पाँच सय भन्दा बढी पस मेसिन र १७ हजार भन्दा बढी बिप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।