काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु हुनुअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरस्थित शंकर होटलमा बैठक बसेको हो ।
प्रतिनिधिसभाको आजको बैठकका एजेन्डा तय गर्न र आगामी १५ दिनको क्यालेन्डर तय समितिको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । यसको कार्यसूची बारे पनि बैठकमा छलफल हुने भएको छ ।
बैठकमा नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, संसद्मा रहेका विभिन्न दलका प्रमुख सचेतक/सचेतकहरूको उपस्थिति रहेको छ ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे राखिएको छ ।
सत्ता गठबन्धनमा हेरफर भएपछि गत १५ दिनको कार्यतालिका प्रभावित भएको थियो ।