काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा राष्ट्रिय सभाको निर्वाचनका साथसाथै प्रधानमन्त्रीले लिने विश्वासको मतका सम्बन्धमा समेत छलफल भएको छ ।
सरकारमा सहभागी भइसकेको नेकपा एसले विश्वासको मत दिन शर्त अघि सारेको छ । सोमबार मात्रै समाजवादीले विश्वासको मत दिन लिखित सहमतिको माग गरेको थियो । मौखिकरूपमा माधव नेपालसँग पावर शेयरिङको प्रतिवद्धता जनाए पनि त्यो लिखित हुनुपर्ने उसको माग छ ।
राष्ट्रिय सभाको निर्वाचन ११ बजेर ९ मिनेटपछि बस्ने सभाको बैठकमा हुनेछ भने प्रधानमन्त्री प्रचण्डले भोलि बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।