बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भुर्तेलपछि सन्दीप जोराले बनाए अर्धशतक

मंगलबार, फाल्गुन २९ २०८०

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध अर्धशतक पूरा गरेर आउट भएका छन् ।

भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाउँदै आउट भए । त्योसँगै १ हजार रन पनि पूरा गरेका हुन् ।

मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १६ ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको छ । अर्का खेलाडी सन्दीप जोराले पनि अर्धशतक पूरा गरेका छन् । उनले २२ बल खेल्दै ५० रन पूरा गरेका हुन् ।

नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ ।

त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुदै छ । यो खेल नेपाली समय अनुसार ११ः४५ बजेदेखि शुरु हुने छ ।

यसअघि आइतबार सम्पन्न नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल बर्षाले रद्ध हुदा दुवै देशले एक एक अंक बाँडेका थिए ।

अब नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ । मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।