बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपाल हङकङसँग ७३ रनले पराजित

शनिबार, फाल्गुन २६ २०८०

काठमाडौं । मैत्रीपूर्ण टी–२० आई को पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले पूरा ओभर खेल्दै २१३ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याएको नेपालले १६ दशमलव ४ ओभरमा अल आउट हुँदै १३९ रन मात्र बनायो

नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर आकाश चन्द्रले सर्वाधिक ३ विकेट लिए।

त्यस्तै रसिद खान, प्रतिश जिसी र आरिफ शेखले एक/एक विकेट लिए ।

त्रिकोणात्मक सिरिज खेल्न पुगेको नेपाली टोलीले हङ्कङ्सँग शनिबार मैत्रीपूर्ण खेल खेलको हो ।

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।