मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

काँग्रेस संसदीय दलको बैठक शुरु

बिहिबार, फाल्गुन २४ २०८०

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ ।

बैठक अहिले बिहान १० बजेबाट संसद भवनको ल्होत्से हलमा शुरु भएको हो ।

सत्ताबाट बाहिरिएपछि काँग्र्रेसको संसदीय दलको यो पहिलो बैठक समेत हो ।

काँग्रेसले संसदमा अबका दिनमा प्रश्तुत हुने विषयमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने बताइएको छ ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।

सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि वैकल्पिक गठबन्धन बनाउन सक्रिय भएको छ । एकीकृत समाजवादीलाई रोक्न नसके पनि उसले मधेश केन्द्रित दलहरुसँग मिलेर वैकल्पिक गठबन्धन बनाएर प्रचण्ड सरकार ढाल्न प्रयासरत छ ।