मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रधानमन्त्री माधव नेपालको निवासमा

सोमबार, फाल्गुन २१ २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका छन् । बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा उनी बालुवाटारबाट एक्लै निस्केका हुन् ।

मन्त्रीहरुको शपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव आइपुगेका छैनन् । अन्य नेताहरु बैठकमै छन् । प्रचण्ड भने निस्केका हुन् ।

उनी माधव नेपाललाई गठबन्धनमा तान्ने हेतु फकाउन गएको अनुमान छ । अहिले नेपालसँग उनको छलफल भइरहेको छ ।