काठमाडौं । नेपालले त्रिकोणात्मक टी २०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनायो । कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ३७ बल खेल्दै ६ छक्का र एक चौकाको मद्धतमा ५५ रन बनाउँदै अभिजित रहे । आरिफ शेख ३१ रनमा आउट भए ।
गुल्सन झा २६, अनिलकुमार शाह २३, दीपेन्द्रसिंह ऐरी १६, कप्ताज रोहित पौडेल १० रन, करण केसी ७, सोमपाल कामी २ र आसिफ शेख एक रनमा आउट भएका हुन् ।
बलिङमा नामिबियाका बेन शिकोंगोले ३ विकेट लिए । ज्याक ब्रसेलले २, रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्ट इटन र बर्नार्ड स्कोल्जले एक– एक विकेट लिए ।