काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पेश भएको कार्यविभाजन लगायतमा असहमति जनाउँदै फरक मत राखेका छन् ।
बुधबार बसेको स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको थियो, तर जनप्रतिनिधिलाई पार्टीको इन्चार्ज बनाइएको छैन ।
जनप्रतिनिधि पार्टीको इन्चार्ज नरहने नीति आफूलगायतका नेताहरुमा लागू भए पनि नारायण दाहाललाई बागमती प्रदेशको सह-इन्चार्ज बनाइएको भन्दै शर्माले असहमति राखेका छन् ।
जनप्रतिनिधिहरु पार्टीको इन्चार्ज नरहने नीति आफू लगायतलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सह–इन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पस्ट गरेको शर्माको भनाइ छ ।