काठमाडौं । सत्ता गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसबाट कृष्ण सिटौलालाई अघि सार्ने चर्चाबीच बुधबार बसेको माओवादीको स्थायी कमिटि बैठकले आफ्नै उम्मेदवार अघि सार्ने निर्णय गरेको हो ।
यसैबीच बैठकमा पेश भएको कार्यविभाजन लगायतमा असहमति जनाउँदै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी फरक मत राखेका छन् ।
विधान अधिवेशनमा आफूले पदाधिकारीको निर्वाचनबारे वकालत गरेकाले कार्य विभाजनमा नसमेटेको भन्दै शर्माले बैठकमा फरक मत राखेका हुन् । फागुनको पहिलो साता भएको विधानको ह्याङओभरलाई लिएर कार्यविभाजप्रति असन्तुष्टि जनाउँदै बैठकमा असहमति राखेको बताए ।