मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

आजको मौसम : आंशिक बदलीदेखि केहीस्थानमा हिमपातको सम्भावना

बुधबार, फाल्गुन १६ २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । त्यस्तै शुक्रबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली हुनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।