बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टेरामक्स घोटाला प्रकरण

मन्त्री बस्नेत आक्रोशित हुँदै पत्रकारलाई भने : नैतिकता सिकाउने तपाई कहाँको पत्रकार ?

मंगलबार, फाल्गुन १५ २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित हुँदै प्रतिप्रश्न गरेका छन् ।

सोमवारको संसद बैठकपछि मन्त्री बस्नेतले सो प्रकरण जिज्ञासा राख्दा तपाईं कहाँको पत्रकार हो नि भन्दै प्रतिप्रश्न गरे ।

पत्रकारहरुले सो प्रकरणमा मुछिएका तपाईले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो नि ? भनि जिज्ञासा राखेका थिए ।

त्यस प्रश्न खस्न नपाउँदै मन्त्री बस्नेत केको नैतिकता ? भन्दै पत्रकारमाथि आक्रोश पोखे । कसैले रिस उठेर उजुरी ग-यो भन्दैमा प्रमाणित नभईकन केको नैतिकता हुन्छ ? मन्त्री बस्नेतको आक्रोश थियो ।

उनले एमालेले संसदमा आफ्नो राजीनामा माग गरेर ‘पुङ न पुच्छर’को कुरा गरेको टिप्पणी समेत गरे। आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको खरिद प्रक्रिया अघि बढाउन सहमती दिएको उनले जिकिर गरे। सो प्रकरणमा आफूले गल्ती नगरेको जिकिर गर्दै उनले आफूमाथि उजुरी दिनेको नाम पनि समय आएपछि सार्वजनिक गर्ने धम्कि दिए ।

आक्रोशित हुँदै मन्त्री बस्नेतले भने, ‘के हो नैतिकता ? सुन्नुस्, यो देशमा कानून छ । ऐन छ । कसैले कसैलाई उजुरी ग-यो भन्दैमा, रिस उठेर उजुरी ग-यो भन्दैमा प्रमाणित केही पनि नभईकन के हुन्छ नैतिकता तपाईले सिकाउनु पर्छ ? तपाईलाई यति पनि थाहा रहनेछ । तपाई कहाँको पत्रकार ? कान्तिपुरले के लेखिराखेको छ ? कान्तिपुरले खाली टेरामक्सको वकालत गरिराखेको छ । म प्रतिप्रश्न सोध्न चाहन्छु–संसारभरी टेरामक्स लागू भएको छ । कलवाईपास गरेर गर्ने घोटालाको बारेमा सारा देशमा नियन्त्रण भएको छ । यो देशमा मात्रै किन नियन्त्रण भएको छैन ? तपाईहरुले लिडिङ रोल गरिरहनुभएको छ एनसेललाई ढाकछोप गर्नका लागि ।’

उनले भने, ‘राष्ट्रमा ठगी गर्ने कुरामा जुनबेलासम्म कलवाईबास गरेर खाने कुरामा राज्यले नियन्त्रण गर्दैन । म सञ्चारमन्त्री भएर आउँदा रुवेल चौधरीलगायत धेरै मान्छेलाई थुनेर कारबाही गरेको अवस्था थियो । र त्यसलाई नियन्त्रण गर्नुपर्छ, राजश्व उठाउनु पर्छ भनेर भन्ने कुरामा मैले आफ्नो कुरा अगाडि सारिदिएको हो । सहमती दिएको हो । अनि त्यसपछि आएर के कुरा प्रमाण पु-याएर चाहीँ अगाडि बढाएको छ ? तपाईलाई नेपालको कानूनमा कसैलाई दोषी करार गर्नका लागि भनिदिएमात्रै पुग्छ कि हुनुपर्छ ? त्यसकारण भनिएको अवस्था हो । तपाई जहाँ गएपनि कान्तिपुरले अहिले सुन्नुस्न । दोषी देखियो भने राजीनामा गर्नुपर्छ । अरु कानूनी कारबाही भोग्नुपर्छ । सजाय अदालतले तोक्ने हो, मलाई सोध्ने हो रु तपाईलाई यदि याद छ भने धनगढीमा पत्रकार सम्मेलन गरेर मैले आफ्ना कुरा सबै राखेको छु । मैले सबै कुरा भनिदिएको छु । त्यसैले एउटै कुरा दश पटक भन्नुपर्छ भन्ने जरुरी छैन । तपाईलाई पो न्युज छैन र कान्तिपुर, कान्तिपुर भन्या छ । बिहानदेखि बेलुकासम्म एनसेललाई संरक्षण गर्ने न्युज लेखेर बस्नुभएको छ तपाईहरु । वर्षको २० अर्वभन्दा बढि घोटाला गरेको छ भन्ने प्रमाणित भएको छ । अव त्यो घोटाला भएको के गर्दो हो त रु सिआईवीको रिपोर्टमा पनि अर्बौं घोटाला भएको देखाएको छ । अनि, संसारभरी सबै ठाउँमा नाफा हुने, नेपालमा मात्रै नोक्सान हुने । अनि यदि टेरामक्स चाहीँ यो कलबाईपास गरेर खानेहरुको बिरुद्धमा आएको नीति होइन भनेर उल्टयाउने हो भने यो नियन्त्रण गर्ने विधि चाहीँ के हो ? सुन्नुस्, म मन्त्री हुँ । मैले बोल्ने मौका पाउँदा म बोल्छु । सुन्नुस्, लामा गफ नगर्नुस् तपाईहरु । मैले यो विषयमा तपाईजस्तै ५५ जना पत्रकारको अगाडि बोलेको छु । घरघरमा आएर म कहाँ दिन्छु ? यसमा मेरो गल्ती छैन । मेरो गल्ती छैन । राष्ट्रको लागि लडेको हुँ । उजुरी हालेका छन् । कसले हाल्न लगाएको हो रु म त्यो पनि भनौला ।’

मन्त्री बस्नेतमाथि पनि सो घोटाला प्रकरण आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गरेको थियो । उनी झण्डावाल गाडीमा अख्तियारको कार्यालय गएर बयान दिएका थिए । उनले सो प्रकरणमा आफू निर्दोष रहेको र प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार क्षेत्रको बहुचर्चित टेरामक्स प्रविधि घोटालामा भ्रष्टाचार मुद्दा लाने अन्तिम तयारी थालेको छ ।

अख्तियारले आईटी माफिया विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अहिलेसम्म कै ठूलो बिगो हुने देखिएको दूरसञ्चार क्षेत्रको टेरामक्स प्रविधि घोटालामा उनीहरूलाई संरक्षण गर्नेहरूमाथि भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो ।

३ अर्बको टेरामक्स प्रविधि घोटालामा अख्तियारले निकै मिहिन र गहन ढंगले अनुसन्धान गरेको स्रोतको दाबी छ । अख्तियार स्रोतका अनुसार टेरामक्समा बहालवाला स्वास्थ्यमन्त्री बस्नेतसहित पूर्वसञ्चारमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्कीसमेत जोडिएका छन् ।

टेरामक्स प्रविधि घोटालामा तत्कालीन सञ्चार सचिवहरु डा। बैकुण्ठप्रसाद अर्याल (हाल मुख्यसचिव) र महेन्द्रमान गुरुङ (हाल प्रमुख सूचना आयुक्त) सँग पनि अख्तियारले बयान लिइसकेको छ । त्यस्तै सञ्चार मन्त्रालयका तत्कालीन सहसचिव विनोद प्रकाश सिंह (हाल सामान्य प्रशासन सचिव) र तत्कालीन दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य धनराज ज्ञवाली (कानुन सचिवबाट अवकाश) लाई पनि टेरामक्स प्रविधि घोटालामा अख्तियारले बयान लिइसकेको हो