मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रकै हुन्छ : जनार्दन शर्मा

मंगलबार, फाल्गुन १५ २०८०

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष कुन दलले पाउने भन्ने विषयलाई लिएर सत्तारुढ दलमा भिन्नभिन्न प्रतिक्रिया आउन थालेका छन् । भावी राष्ट्रिय सभाको अध्यक्षका कारण सत्तारुढ दलमा किचलो हुने संकेत देखिन्छ ।

भावी अध्यक्षमा कांग्रेसले नेता कृष्णप्रसाद सिटौलाको नाम अघि सारिरहँदा यता सत्तारुढ अर्को दल नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले भने राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीकै हुने दाबी गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले राष्ट्रिय सभाको ठूलो दलको हिसावले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताए ।

उनले हालसम्म गठबन्धन दलहरुका बिचमा अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमती नभएको स्पष्ट पारे ।

उनले आगामी दिनमा सरकारको नेतृत्वमा आलोपालो हुँदा माओवादी केन्द्रसँग केही नहुने भन्दै राष्ट्रिय सभा अध्यक्ष आफूहरुकै हुने जिकिर गरे ।