बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेदरल्याण्ड्सविरुद्ध नेपालले दियो १७३ रनको लक्ष्य

आइतबार, फाल्गुन १३ २०८०

काठमाडौ‌ । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्ध जितका लागि १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको छ ।

नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक ६६ रन बनाए भने आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए ।

दीपेन्द्रसिंह ऐरीले एक रनमै आउट हुँदा भीम सार्कीले भने खाता खोल्न समेत सकेनन्। गुल्सन झाले ५ रन बनाए । आरिफ शेखले २२ र करण केसीले २६ रन जोडे ।

नेदरल्यान्ड्सका भिभियान किङ्मा र आर्यन दत्तले तीन–तीन विकेट लिए। बास डे लिडेले २ विकेट हात पारे ।