मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

महासमिति बैठकपछि पार्टीमा देखिएको गुट-उपगुट अन्त्य हुन्छ: शेखर कोइराला

बुधबार, फाल्गुन ९ २०८०

काठमाडौं – कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले महासमिति बैठक पछि पार्टीमा देखिएको गुट उपगुट अन्त्य भएर जाने कुरामा विश्वस्त हुन सबैलाई अनुरोध गरेका छन् ।

ललितपुरको गोलाबारीमा जारी महासमिति बैठकमा खबरहबसँग कुराकानीमा उनले १५ औँ महाधिवेशनमा कांग्रेसले नयाँ मुहार फेर्ने समेत बताए ।

उनले भने, ‘हामी यो महासमिति बैठक नीति महाधिवेशनबाट कांग्रेस पार्टीलाई नयाँ धारमा लिएर जान्छौँ । सबै साथीहरूबाट आएको सुझाव पनि यसमा समेटिन्छ । अहिले ग्रुपमा छलफलमा साथीहरूले उठाएका कुरा सम्बोधन हुन्छ ।’

कोइरालाले कांग्रेस विचारको राजनीतिमा स्वतन्त्र भएकाले सबै सदस्यको भावनाको कदर पनि गर्ने बताए । कांग्रेसले तल्लो तहका जनताको कुरा बुझ्दा बुझ्दै पनि केही समस्याका कारण सम्बोधन नभएको दाबी गरे ।

७ गतबाट ललितपुरको गोलाबारीमा जारी महासमिति बैठक १० गते बुधवार सकिने भनिएको भए पनि ११ गतेसम्म लाग्न सक्ने बताइएको छ । सोमबार र मंगलबार विभिन्न प्रतिवेदन पेस भएका छन् ।

बुधवार ४ वटा ग्रुपमा प्रस्तुत भएका प्रतिवेदनको डिस्कसन चलिरहेको छ ।