काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिवियाविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
अर्का ओपनर कुशल भूर्तेल गुमाएपछि नेपालका दुई ब्याट्समेन सस्तैमा गुमाएको नेपालका लागि अहिले शेख र कुशल मल्ल क्रिजमा छन् ।
मल्ल २१ रनमा खेल्दैछन् । आसिफ ५३ रनमा खेल्दैछन्।
सातौं ओभरको दोस्रो बलमा कुशल एलबीडब्लू आउट भएका थिए । एक बलपछि अनिल साह शून्य रनमै क्याच आउट हुँदा देव खनाल पनि डक आउट भए ।
अहिले १८औं ओभरको समाप्तिमा नेपाल ३ विकेटको क्षतिमा ९६ रन बनाएर खेलिरहेको छ । कुशल र आसिफले नेपाललाई सम्हाल्न खोजेका छन् ।