बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राप्रपाले आज प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र पेश गर्ने

बुधबार, फाल्गुन ९ २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागपत्र पेश गर्न लागेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा साढे १ बजे सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यसअघि राप्रपाले जनप्रदर्शन र आमसभा समेत गर्नेछ ।

दिउसो साढे १२ बजे भृकुटीमण्डपबाट र्याली निस्केर नगर परिक्रमा गर्ने छ । त्यसपश्चात भृकुटीमण्डपमै फर्केर आमसभामा परिणत हुने छ । आमसभाकै क्रममा प्रमेख नेताहरू मागपत्र बुझाउन जानेछन् । बुझाएर फर्किएपश्चात अध्यक्ष लिङदेनले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

राप्रपाले आज देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई सोही मागपत्र प्रस्तुत गर्ने भएको छ । राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खमरणजी, हिन्दुराज्य पुनःस्थापन लगायतका राजनीतिब माग तथा जनजिविकाका विषयहरू समेटिएका छन् ।