बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

परराष्ट्रमन्त्री भोलि भारत भ्रमणमा जाँदै

मंगलबार, फाल्गुन ८ २०८०

काठमाडौँ – परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधवार नयाँदिल्ली प्रस्थान गर्दैछन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रवार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नेछन् ।

रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।