मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रि पोल एलायन्स नगर्ने गगन थापाको प्रस्तावमा देउवा सहमत, ६ शुभेच्छुक संस्थाद्वारा महासमिति बैठक बहिस्कार

मंगलबार, फाल्गुन ८ २०८०

काठमाडौं । अन्ततः नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा महामन्त्री गगन थापाको प्रस्तावमा सहमत भएका छन् ।

अर्को चुनावमा कांग्रेसको चुनाव चिह्नमा मात्रै भोट हाल्न दिनुपर्नेलगायत थापाको प्रस्तावमा सभापति देउवा सहमत भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

अन्य प्रस्तावसँगै सांगठनिक प्रस्ताव समेत सबै महासमिति सदस्यको हातमा पर्ने पक्का भएको केन्द्रिय सदस्य अजय बाबु शिवाकोटीले बताए ।

विधान अनुसार २०८२ मंसिर मसान्तभित्र १५ औं महाधिवेशन र २०८४मा ३ वटै तहको चुनावमा प्रि पोल एलायन्स नगर्ने थापाको प्रस्ताव थियो । यसअघि महामन्त्री थापाले कांग्रेसले एक्लै चुनाव लड्ने गरि ल्याएको प्रस्तावमा सभापति देउवा असहमत जनाएका थिए ।

कांग्रेस महासमिति बैठक सोमबार उद्घाटन गरिएको थियो। विहान सो विषयमा सहमति खोज्न देउवा निवासमा बसेको बैठकमा सहमति भएको थिएन । साझँ पदाधिकारीहरु उक्त प्रस्तावबारे छलफल गर्न ५ घण्टा देउवा निवासमा भेला भएका थिए ।

आज बिहान ९ बजेदेखि बैठकको बन्दसत्र शुरू सुरू हुनेछ।

६ शुभेच्छुक संस्थाद्वारा महासमिति बहिस्कार

नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाले पार्टीलाई लिखित रुपमै महासमिति बैठक बहिस्कार गरेको जानकारी गराएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्तवादी संघ र नेपाल प्रेस युनियनले उद्घाटन सत्रलगत्तै बुढानिलकन्ठ पुगेर बहिस्कारको पत्र बुझाएका हुन् ।

पार्टीले शुभेच्छुक संस्थाले आधिकारिक तीन(तीन जनाको नाम पठाएकोमा ती नाम समावेश नगरेको र विधानको व्यवस्थाविपरीत निर्वाचित अध्यक्षलाई आमन्त्रित महासमिति सदस्य कायम गरेको भन्दै आपत्ति जनाएका छन् ।

ती संस्थाहरुले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को व्यवस्था र निर्वाचन समितिको निर्णय एवम् केन्द्रीय कार्यसमितिको निर्णयसमेत विधानविपरीत भएको भन्दै आज सुरु भएको महासमिति बैठकमा सहभागी नहुने जानकारी गराएका छन् ।