काठमाडौं। आरती शाहको परिवारले न्याय माग्दै प्रधानमन्त्रीसँग भेट गरेको छ ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साह नेतृत्वमा बालुवाटर पुगेका पीडित परिवारले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका हुन् ।
धनुषामा मृत अवस्थामा फेला परेकी आरतीका लागि न्याय माग्दै उनका बुबा विनोदप्रसाद साह, दाजु प्रेम साह लगायत बालुुवाटर पुगेका हुन् ।
गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी आरतीका माइतीपक्षले त्यसलाई आत्महत्या नभई दाइजोको निहुँमा हत्या भएको भन्दै गत असार १ गतेदेखि निरन्तर काठमाडौंमा धर्नामा बस्दै आएको थियो ।