बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपाल ए ले आज क्यानडा-११ सँग खेल्दै

आइतबार, फाल्गुन ६ २०८०

काठमाडौं । तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ‘ए’ क्रिकेट टिमले आज पहिलो खेल खेल्दैछ ।   नेपाल ‘ए’ले  क्यानडा-११ विरुद्ध तीन खेलको सिरिजकाे पहिलाे खेल खेल्न लागेकाे हाे ।

सिजिरका सबै खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछन्। क्यानले नेपाल ए टिममा अधिकांश युवा खेलाडीलाई स्थान दिएको छ। ज्ञानेन्द्र मल्ल र कमल अलीलाई प्रशिक्षकको जिम्मेवारी तोकिएको छ।

नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन् । मुख्य प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । अरू खेल फागुन ८ र १० गते हुने क्यानले जनाएको छ।

 नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी।सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया।