बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आईसीसी विश्वकप लिग-२

टस जितेर नेदरल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल

शनिबार, फाल्गुन ५ २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले टस जितेर नेदरल्याण्डसविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए ।

एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध दुई परिवर्तन गरेको छ ।

करण केसी र पवन सरार्फ बाहिर भएका छन् । दीपेन्द्रसिंह ऐरी र देव खनाल टिममा छन् ।

पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।