बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

शुक्रबार, फाल्गुन ४ २०८०

काठमाडौं । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता- २०२४ अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । आजको खेल विजेता प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ भने खेलको विजेता टोलीले यसै वर्ष हुने महिला टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

नेपालले क्वार्टरफाइनलमा कुवेतलाई आठ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । त्यस्तै समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई दुई सय १४ रनले हराएको थियो भने भूटान र हङ्कङलाई समान आठ/आठ विकेटले पराजित गरेको थियो ।

मलेसिया जापानलाई १६ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । मलेसियाले समूह चरणमा इन्डोनेसियालाई छ विकेटले हराएको थियो भने कतारलाई ३९ रन र बहराइनलाई एक सय २६ रनले पराजित गरेको थियो ।