शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

एमालेले बोलायो केन्द्रीय कमिटीको पूर्ण बैठक

शुक्रबार, फाल्गुन ४ २०८०

काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।

बैठकमा पछिल्ला समसायिमक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल हुने उनले बताए । बैठकमा मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा हुने बताए ।

आजको बैठकले केही विभागहरुको मनोनयन गरेको पनि उनले बताए ।