काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले सुरुवाती चार विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ९.३ ओभरमा २५ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ ।
ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको नेपालका ओपनर आसिफ शेख ३.५ ओभरमा आउट भएका थिए । भर्खरै कप्तान रोहितकुमार पौडेल पनि ज्याक ब्रासेलको बलमा बोल्ड भए ।
पछिल्लो पटक घरेलु मैदानमा भएको खेलमा नेपालले नामिबियालाई हराएको थियो । यता नामिबिया भने उक्त हारको बदला लिने दाउमा छ ।
घरेलु मैदानमा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को नयाँ सर्कल आजदेखि सुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा हुन लागेको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुन लागको हो ।