बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेदरल्यान्ड्स र नामिबियाविरूद्धको सिरिजका लागि अनिल र देव टोलीमा समेटिए

बुधबार, फाल्गुन २ २०८०

काठमाडौं । आइसीसी लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियाविरूद्धको सिरिजका लागि अनिल शाह र देव खनाल टोलीमा समेटिएका छन् ।

क्यानडाविरुद्धको ओडीआई सिरिजमा उच्च प्रदर्शन गरेपछि यसअघि घोषित टोलीमा दुई परिवर्तन गरिएको हो । देव र अनिल टोलीमा थपिँदा रिजन ढकाल र अर्जुन साउद बाहिरिएका छन् ।

क्यानडा सिरिजमा विश्राम लिएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा टोलीमा फर्किएका छन् ।

लिग–२ अन्तर्गतको पहिलो सिरिज टियु क्रीकेट मैदानमा बिहिवारदेखि नेपाल, नेदरल्यान्ड र नामिबियाबीच सुरु हुँदै छ ।

नेपालले लिग–२ अन्तर्गत पहिलो खेल बिहीबार नामिबियासँग खेल्नेछ । त्यसपछि शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।

लिग २ त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली

रोहित पौडेल (कप्तान) , आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ