काठमाडौं । नेकपा (एमाले) दोलखाको १० औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा नरबहादुर श्रेष्ठ विजयी भएका छन् ।
ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
विजयी श्रेष्ठले ३३३ मत पाउँदा उनका प्रतिस्पर्धीहरू पोखरेलले २३८ र भरत दुलालले ३८ मत मात्रै पाए ।
एमाले दोलखाको उपाध्यक्षमा ३३६ मत ल्याएर राजेन्द्र मानन्धर विजयी भए । उपाध्यक्ष पदका अर्का उम्मेदवार हिरा थोकरले २६३ मत मात्र पाए ।
सचिव पदमा स्वयमबहादुर खड्का विजयी भए। उनले ३ सय ४ मत पाउँदा अर्का उम्मेदवार कृष्ण बस्नेतले २ सय ८४ मत मात्र ल्याए ।
उपसचिव पदमा खुला पुरुषतर्फ हरि ओली र महिला उपसचिवमा कमला बस्नेत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।