बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

बिहिबार, माघ २५ २०८०

काठमाडौैं । तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा  अल आउट हुँदै २२४ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे । तर अर्का ओपनर आसिफ शेख ८ रनमै आउट भए ।

अर्का ब्याट्स मेन आरिफ शेख ३८, सोमपाल कामी २७, पवन सर्राफ १६, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २०, रिजन ढकाल ४ र ललित राजवंशी १ रन बनायो रनमा आउट । सूर्य ढकाल १० रनमा अविजित रहे ।

बलिङतर्फ क्यानडाका उदय भगवानले ३, साद बिन जफर २, शहिद अहम्दजाइ, इश्वरजित सोहि र हर्ष ठाकुरले १–१ विकेट लिएका छन् ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो ।