काठमाडौँ । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
दोस्रो विकेटको रूपमा कप्तान रोहित पौडेललाई ८ रनमा आउट हुन पुगे । १५ औं ओभरको सोहीको तेस्रो बलमा रोहित आउट भएका हुन् ।
नेपालले १८ ओभर २ बलमा २ विकेटको क्षतिमा ९८ रन बनाएर खेलिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका थिए।
नेपाल र क्यानडा यस सिरिजको खेलमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रेका छन् ।