बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फेब्रुअरी प्रेम अभिव्यक्त गर्ने सिजन, आज ‘प्रपोज डे’

बिहिबार, माघ २५ २०८०

काठमाडौं । अहिले ‘भ्यालेन्टाइन वीक’ चलिरहेको छ । फेब्रुअरी महिनाको पहिलो साता समाप्त हुने दिनदेखि नै जोडीको प्रेम अभिव्यक्त गर्ने सिजन सुरु हुन्छ ।

फेब्रुअरी ७ देखि नै प्रेमी–प्रेमिकाले १४ फेब्रुअरीका लागि माहौल बनाउन थाल्छन् ।

७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेन्टाइन विकको पहिलो दिन बुधबार रोज डे मनाइएर मनाइएको छ । यस दिन विवाहित तथा अविवाहित जोडीले एकआपसमा गुलाब दिएर प्रेम अभिव्यक्त गरेका छन् ।

यस्तै ८ फेब्रुअरीको दिन प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन हो । आजको दिनमा आफूले मन पराएको मान्छेलाई प्रेमका लागि खुलेर प्रस्ताव राखिन्छ ।

हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस मनाइँदै आएको छ । त्यसअघिका ६ दिन अर्थात भ्यालेन्टाइन सप्ताहमा पहिलो दिन फेब्रुअरी ७ रोज डे, फेब्रुअरी ८ प्रपोज डे, फेब्रुअरी ९ चकलेट डे, फेब्रुअरी १० टेडी डे, फेब्रुअरी ११ प्रमिस डे, फेब्रुअरी १२ हग डे, फेब्रुअरी १३ किस डे मनाइन्छ।

‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु भएर १४ तारिखसम्म मनाउने गरिन्छ ।