काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सोमबारका लागि बोलाइएको छ ।
बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८: ३० बजे बस्न लागेको हो । । बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत उपस्थित हुने कार्यक्रम छ ।
हिउँदे अधिवेशनको पार्टीका तर्फबाट रणनीति तय गर्न बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
आजै दिउँसोदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनका अघि पार्टीको बैठक बस्न लागेको हो ।
यसअघि सत्तारुढ अर्को ठूलो दल नेपाली कांग्रेस, प्रतिपक्ष दलहरु नेकपा एमाले र रास्वपालगायतको संसदीय दलको बैठक बसिसकेको छ ।
सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।